झापा, बैशाख ९ । झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं ३ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। अर्का एक बालकको उद्धार गरिएको छ ।
करिव १५ फिट गहिरो माछा पाल्न बनाइएको पोखरीमा डुबेर मृत्यू हुनेमा बुद्धशान्ति ३ का महानन्द शिक्षा सदनको कक्षा ७ मा अध्ययनरत नितेष पौडेल रहेका प्रहरीले जनाएको छ ।
उनी र उनका साथी सुदन चौहान दिउँसो ३ बजे पछि पौडी खेल्न भनी सो पोखरीमा गएका थिए । पौडी खेल्ने क्रममा साझ चिच्याएपछि चौहानको उद्धार गरिएको स्थानियले बताए । उद्धार पश्चात् चौहानलाई उपचारका लागि लिभिङ होप अस्पताल बुधबारेमा लगिएको स्थानियले बताए ।
यता संगै पौडी खेल्न गएका पौडेल भने पोखरीमा नै हराए पछि प्रहरी र स्थानियले जेसिवि लगाएर पोखरीको बाध फुटाएर पानी कटाउदै खोजी गर्दा पानीमुनी हिलोमा भासिएको अवस्थामा मृत फेला परेका थिए ।

