काठमाडौं, बैशाख १९ । पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा सङ्क्रमण Read More…
Day: May 2, 2021
लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्त
काठमाडौं, बैशाख १९ । लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नेपालको संविधानकोधारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता शंकर पोखरेलज्यूले आफ्नो नेतृत्वमा नेपालका संविधानको धारा १६८ (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित माननीय प्रदेश प्रमुखसमक्ष Read More…
झापामा आज राती १२ बजेदेखि निषेधाज्ञा
झापा, बैशाख १९ । कोरोना भाईरस कोभिड–१९ को बढ्दो सङ्क्रमण रोक्न झापामा आज राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले शुक्रबार जारी गरेको आदेशमा अत्यावश्यक कामबाहेक सर्वसाधारणले घर बाहिर निस्कन नपाइने उल्लेख छ । आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ Read More…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
काठमाडौं, बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएका हुन् ।लुम्बिनी प्रदेशसभामा आज दिउँसो सरकारबिरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची रहेको समयमा मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ Read More…
पीएसजी शीर्ष स्थानमा उक्लीयो
काठमाडौं, बैशाख १९ । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लेन्सलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमार र मार्क्विन्होसले एक एक गोल गरे । लेन्सका इग्नाटिउस गनागोले एक गोल फर्काए । खेलको ३३ Read More…
आईपीएल: मुम्बईको रोमान्चक जित
काठमाडौं, बैशाख १९ । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा शनिबार राति भएको रोमान्चक खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो। चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा केइरोन पोलार्डले अविजित Read More…





