तस्बिर: फोटो पत्रकार ललित बहादुर प्रधान
झापा, जेठ ४ । झापा जिल्ला धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने उर्भर भूमि हो । यहाँका अधिकांस किसानहरु अन्नबाली लगाउने गर्दछन् । तर पछिल्लो समय यहाँका किसानहरु अन्नबाली लगाएर निर्वाहमुखी मात्र भएको भन्दै त्यसको बिकल्पमा व्यवसायिक कृषिमा लागेका छन् ।

यस्तै मेचीनगरका दुई युवाले पनि अन्नबाली उत्पादन हुने उर्भर भूमिमा त्यसको बिकल्पमा व्यवसायिक कागतीखेती शुरु गरेका छन् । मेचीनगरका चन्द्र पौडेल र सौरभकुमार कानुले संयूक्त रुपमा एक करोड बढीको लागतमा मेचीनगर १४ मा व्यवसायिक कृषि फार्म सञ्चालन गरेका छन् ।

अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यावसायिक तवरले कागती खेतीमा लागेको सञ्चालक चन्द्र पौडेलले बताए ।
दश बिघा जग्गामा मोडर्न एग्रिकल्चर फार्म दर्ता गरी व्यवसायिक कृषिमा लागेका उनिहरुको अहिले सात बिघाबढीमा कागती र मेवा तथा करिब तीन बिघा जग्गामा खर्बुजो लगाएका छन् । बजारमा कागतीको माग बढ्दो र यसबाट राम्रो कमाई गर्न सकिने भएपछि व्यावसायिक तवरले कागती खेती गरेको अर्का सञ्चालक सौरभकुमार कानुले बताए ।

पछिल्लो समय कोरोना संक्रमणले गर्दा उत्पादन भएका सामाग्री बजारमा लागेर बिक्रि गर्न नपाउदा आफुहरुलाई धेरै घाटा भएको कानुले बताए ।
लगानी त छदै छ त्यसमा पनि ८/१० जना मजदुरले बर्षभरी गरेको कामको तलब खुवाउन पनि अहिले समस्या भएको सञ्चालक पौडेलले दुखेसो गरे । उनले भने सहज वातावरण भए बजारमा बिक्रि गर्न पाउदाँ उत्पादन भएका सामाग्रीले यो सबै समस्या हल हुने थियो ।

तर फार्ममा तयारी अवस्थामा रहेका उत्पादनहरु केरोनाले बजार नपाँउदा समस्या भएको त्यसमा पनि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेपछि उत्पादन भएका फलहरु बारीमा नै बिग्रीन थालेको उनिहरुको भनाई छ ।


