स्वास्थ्य

हात्तीको आक्रमणबाट एकको मृत्यु 

झापा, जेठ ४ । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर वडा नम्बर–९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम राई रहेको इलाका प्रहरी कार्यालय धुलावारी प्रमुख प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।

गए राति गाउँमा आएको जंगली हात्ती खेदाउनेक्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।

घाइते राइको उपचारको क्रममा भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा मंगलबार विहान २ः३० बजे निधन भएको प्रहरीले जनाएको छ ।