संघ \संस्था

पाण्डे परिवारको सहयोगमा कालिका जेसीज खाद्यन्न बोकेर गाउँ गाउँमा

बाहुण्डाँगी, जेठ १२ । कालिका नगरपालिका वडा नम्बर ३ का बासिन्दा कोरोनाको महामारीले भन्दा पनि विहान बेलुकाको खाना खान समस्यामा परेको थाहा पाएपछि कालीका जेसीज खाद्यन्न बोकेर त्यस क्षेत्रमा पुगेको छ । स्थानीय बासिन्दा जितबहादुर प्रजाले खाद्यन्नको अभाव हुन थालेपछि यहाँका बासिन्दा जंगलबाट गिठ्ठा भ्याकुर खोजेर खान थालेको बताएको सुचना प्राप्त गरेपछि बुधवार कालिका जेसीज परिवार २५ हजार मुल्य बराबरको खाद्यन्न सामाग्री बोकेर त्यस क्षेत्रमा पुगेको थियो । यस गाउँमा रहेका ३५ घर परिवारका लागि केही दिनका लागि पुग्ने खाद्यन्न वितरण गरेको थियो । \


स्थानीय समाजसेवी रुद्रप्रसाद पाण्डेको सहयोगमा प्राप्त उक्त सामाग्रीहरु जेसीज परिवारले यहाँका स्थान्ीय बासिन्दालाई वितरण गरेको थियो । जहाँ ३५ घरधुरी रहेका छन् । पाण्डेले कालीका जेसीजको सहकार्यमा आफुले सहयोग गर्न पाएकोमा खुसीको अनुभूति भएको बताउँदै मानवताको सेवामा सदैव लागि पर्ने बताउनु भयो ।
शाखाका अध्यक्ष सन्देश रेग्मीले कोरोनका महामारीमा रोगले भन्दा पनि भोकले कोही पनि मानिसले मर्न नपरोस भन्ने उदेश्यले सहयोग गर्न गाउँ पुगेको बताउनु भयो । उहाँले यहाँको अवस्था अत्यन्तै नाजुक भएको जानकारी पाउन साथ आइपुगेको बताउनु भयो ।

यसमा सहयोग गर्ने दाता रुद्र पाण्डे, श्रीमती सावित्री पाण्डे र बेलायतमा हुने जेठो छोरा रोशन पाण्डे परिवारप्रति आभार व्यक्त गर्नु भयो । कालिका ३ का स्थानिय बासिन्दा जित ब. प्रजाले कोरोनाले गर्दा यहांका बासिन्दा गिट्ठा भ्याकुर खाएर आफ्नो छाक टारेको बताए र हामी गरिबको गाउंमा आइ सहयोग गर्नु भएकोमा सहयोगि दाता रूद्र प्रसाद पाण्डे ज्यु र उहांको परिवार धन्यवाद दिनु भयो र कालिका जसीजका अध्यक्ष जेसी सन्देश रेग्मि लगााएत कालिका जेसीज परिवार लाइ धन्यवाद दिनु भयो
खाद्यन्न वितरण कार्यक्रममा कानुनी सल्लाहकार विरेन्द्र तिमल्सिना, कार्यकारीणी उपाध्यक्ष मेनुका थापा, उपाध्यक्ष निराजन सापकोटा, प्रेम भट्टराईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव अमृत अंगाइले गर्नु भएको थियो ।