स्वास्थ्य

लिचीको दाना अड्किएर बालकको मृत्यु

कञ्चनपुर, जेठ २० । कञ्चनपुरको भीमदत्त नगरपालिकामा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–५ का छ महिने बालक वीरेन्द्र चन्द रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार साँझ लिचीको दाना अड्किएर बालकको मृत्यु भएको बताए ।

“खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएको थियो”, उनले भने “महाकाली अस्पताल पुग्दापुग्दै चिकित्सकले मृत घोषणा गरे ।”