संघ \संस्था

व्यवसायसंगै मानव सेवामा सक्रिय युवा समाजसेवी ओझा

मेचीनगर, जेठ २० । मेचीनगरका युवा समाजसेवी सोम ओझा आफ्नो व्यवसायसंगै मानव सेवामा पनि अनवरत लागिरहेका छन् ।

मेचीनगर ९ स्थित धुलाबारी बजार सिरानमा रहेको हलेसी मेडिकल हलका सञ्चालक ओझाले थुप्रै सामाजिक संघसंस्था र व्यक्तिहरूलाई दिल खोलेर सहयोग गरिरहेका छन् ।

अहिलेको विषम परिस्थितिमा पनि उनले आफ्नो सेवाको भावनालाई रोक्न सकेका छैनन् । अहिले पनि धेरैलाई आफुले सकेको सहयोग पुर्याईरहेका छन् ।

उनले यसैबीच आम्दा मेची अस्पताल मेचीनगरमा स्थापना गरिने अक्सिजन प्लान्ट तथा आवश्यकीय उपकरण जडानका लागि पनि नगद पाँच हजार ५५५ रूपैयाँ सहयोग गरेका छन् ।

ओझाले हलेसी मेडिकल हल मार्फत पनि गरिब दुखिलाई सकेको सेवा प्रदान गरिरहेका छन् । न्युन शुल्क लिएर २४ शै घण्टा सर्भसुलभ सेवा दिईरहेका छन् ।