संघ \संस्था

धुलाबारी जेसिज र अस्ट्रेलिया समाजद्वारा १०० परिवारलाइ खाद्यान्न बितरण

बाहुण्डाँगी, २२ जेठ । मानवताको सेवा जीवनको सर्वाेतम कार्य भन्ने जेसीजको मुल मन्त्रलाई आत्मासाथ गर्दै धुलावारी जेसीज र फुड फर फमेलीको सयुक्त पहलमा १०० परिवारलाई खाद्यन्न वितरण गरेको छ । कोभिड १९ को महामारीका कारण लकडाउनमा परेका मेचीनगरका आर्थिक अवस्था कमजोर भएको १०० परिवारलाई खाद्यन्न वितरण गरेको हो ।

गएको जेठ १६ गतेदेखि वितरण सुरु गरिएको थियो । अति विपन्न परिवारहरुको पहिचान गरी उनीहरुको घर घरमै पुगर राहत वितरण गरिएको थियो । जसमा प्रति घरका लागि ३० केजी चामल, २ केजी आँटा, १ लिटर तेल, एक केजी चना, एक केजी नुन वितरण गरिएको थियो । राहत वितरणका लागि झापाली समाज अस्ट्रेलिया, हाम्रो सानो प्रयास, भिजन फर मोटिभेसन, र अप्साली जब्स एन्टरटेन्टमेन्टको सहयोगमा राहत वितरण गरिएको धुलावारी जेसीजका अध्यक्ष राजिव प्रसाईले बताउनु भयो ।