देबु बानियाँ
बाहुण्डाँगी जेठ २२ । विश्व वातावरण दिवसको अवसर पारेर देभरका जेसीज शाखाहरुले आ आफ्नो क्षेत्रमा वृक्षारोपण गरेका छन् । नेपाल जेसीजले सर्कुलर गरेको मेरो जीवनको लागि एक विरुवा भन्ने नाराका साथ विभिन्न शाखाहरुले आफ्नो पायक पर्ने स्थानमा विरुवा रोपेर वातावरण दिवस मनाएका छन् । हरेक वर्ष शाखाहरुले यसरी नै विरुवा रोप्ने गरेका छन् ।

लालबन्दी जेसीजले जिल्ला वन कार्यालय सर्लाहीको सहयोगमा २ वटा विभिन्न जातका विरुवा रोपेको शाखा अध्यक्ष श्याम खड्काले बताउनु भयो । यसैगरी, रामनगर जेसीज, रामेछाप जेसीज, सुरुगाँ जेसीज, बिरगन्ज जेसीज,

नाल्दुमनगरकोट जेसीज, खाँडादेवी जेसीज, गैडाँकोट जेसीज, कमलनगर जेसीज, कमलनगर जेसीज, व्यासनगर जेसीज, बिसहजार जेसीज, पाँचखाल जेसीज, इन्द्रपुर जेसीज, गौरादह जेसीज, नारायणगढ लेडी जेसीज,

वीरता जेसीज, सौराह जेसीज, सौराह लेडी जेसीज, दमक जेसीज, सिद्धार्थ लेडी जेसीज, नारायणगढ लेडी जेसीज, धरान जेसीज,भद्रपुर जेसीज,पोखरा लेडी जेसीज, पोखरा जेसीज, सुर्खेत महिला जेसीज, गीतानगर जेसीज, नारायणगढ जेसीज, दैलेख जेसीज, उदयपुर जेसीज, जनकपुर जेसीज, सुक्लागण्डगी जेसीज,

नुवाकोट जेसीज, सुनवल जेसीज, कलैया सिटी जेसीज, टिकापुर जेसीज, धनकुटा लेडी जेससीज, वीरता लेडी जेसीज, त्रिभूवननगर जेसीज, तुलसीपुरनगर जेसीज, महेन्द्रनगर जेसीज, लमही जेसीज, रामग्राम जेसीज, रामग्राम लेडी जेसीज, बुधवारे जेसीज, लमजुंग जेसीज,

लेखनाथ जेसीज, म्याग्दी जेसीज, पर्वत जेसीज, भीरकोट जेसीज, वालिङ जेसीजलगायतले विभिन्न जातका विरुवा रोपेका छन् ।
वातवरणको संरक्षण गरौ बोटविरुवाबाट अक्सिजन प्राप्त गरौ भन्ने नारालाई आत्मासाथ गर्दै विरुवा रोप्ने कार्य गरिएको व्यासनगर जेसीजका अध्यक्ष लक्ष्मीभक्त खनालले बताउनु भयो ।




















सम्पूर्ण फोटोहरु फेसबुकबाट साभार गरिएको हो । उपलब्ध भएसम्म सबै फोटोहरु समावेस गर्ने जमर्काे गरिएको छ । कसैको छुटेमा जानकारी पाउँ

