अर्थ स्वास्थ्य

आम्दा मेची अस्पताललाई जनस्तरबाट सहयोग जुट्दै

मेचीनगर, जेठ २७ । मेचीनगर १० धुलाबारी स्थित आम्दा मेची अस्पताललाई नगर कै सुविधा सम्पन्न अस्पताल बनाउन यस क्षेत्रका सामाजिक अगुवा व्यक्तिहरू अहिले जनस्तरबाट सहयोग संकलन अभियानमा लागि परेका छन् ।

अभियानलाई मेचीनगरका एक युवा व्यवसायीले आफ्नो नाम नखुलाउने सर्तमा २ लाख २ हजार रूपैयाँ सहयोग गरेका छन् । यसैगरी अभियानलाई सफल बनाउन देश तथा बिदेशमा रहेका मेचीनगरबासीले उत्साहजनक सहयोग गरिरहेका छन् ।

यसैबीच सहयोग धुलाबारीकी चेली हाल अमेरिका बस्दै आएकी पुनम गौतमले नगद १ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेकी छिन् ।

त्यसैगरी मेचीनगर १० निवासी हाल काठमाडौं बस्दै आएकी यशोध पराजुलीबाट पनि नगद १ लाख २ हजार रूपैयाँ सहयोग प्राप्त भएको अभियानको नेतृत्व गरिरहेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिए ।

अस्पतालको स्तर बृद्धिका लागि १० दिनमा जनस्तरबाट २० लाख बढी सहयोग रकम संकलन भईसकेको छ ।