स्वास्थ्य

झापामा थप १०५ जनामा काेराेना पुष्टि, २ सय ११ जना उपचारपछि डिस्चार्ज

झापा, जेठ २७ । पछिल्लो २४ घण्टामा थप १०५ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । योसँगै झापामा कुल संक्रमितको संख्या ११ हजार ९ सय ८० पुगेको छ ।

आज थप २ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुबाट उनीहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

योसंगै जिल्लामा डिस्चार्ज हुनेको संख्या ७ हजार ६ सय ६४ जना पुगेको छ ।

यस्तै, झापामा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । योसँगै झापामा कुल कोरोना संक्रमितको मृत्यु संख्या २८८ पुगेको छ ।