मेचीनगर, जेठ ३१ । पछिल्लो समय मानिसहरूले आफ्नो सनातन धर्म भुल्दै जन्मदिने बाबुआमाको समेत काजकिरिया गर्न हिचकिचाई रहेको अवस्थामा झापा मेचीनगर एक व्यक्तिले भने गाईको १० दिने काजकिरिया गरिरहेका छन् ।
मेचीनगर २ स्थित बाहुनडाँगीका खगेन्द्र दाहाल यतिबेला गाईको १० दिने काजकिरिया बारेर बसेका हुन् ।
आफैले पालेको गाईको सात दिन अघि ग्वालीमा बाँधेकै अवस्थामा मृत्यु भए पछि दाहालले १० दिने काजकिरियामा बसेको बताए ।
‘गाइ ब्याएको १० दिनको दिन मर्यो’ दाहालले भने, ‘परिवारकै सदस्यको मृत्यु भए जस्तो लाग्यो, त्यसमा पनि गाईलाई हामी आमा समान मान्ने गर्छौ त्यसैले १० दिनसम्म काजकिरिया गर्ने सोचेर बसेको छु ।’
सुत्केरी अवस्थामा नै गाइको मृत्यु भएकाले निक्कै दुःख लागेको छ, दाहालले भने, आज सातौं दिन हो दशौं दिनको दिन पुरोहित बोलाएर बिधि पुर्वक काजकिरिया सम्पन्न गर्छु ।’
आफुले कोरामा बसेर नै बारे र श्रीमतीले बाहिर बसेर एक छाकी खाएर बारेको दाहालले बताए ।

