नरेन इलामेली
इलाम, जेठ ३१ । इलाममा सवारी दुर्घटना हँदा दुई जना घाइते भएका छन्।
जिल्लाको सूर्योदय नगरपालिका११ भालुखोप स्थित मेचिराजमार्गमा गोदक नारायणचोक बाट तिनघरे तर्फ आउदै गरेको को १ च ४३१५ नं. को बोलेरो पिकअप आइतबार साँझ मेचिराजमार्गबाट बाँया पट्टि करिब ५ सय मिटर तल भिरमा खस्दा चालक र सह- चालक घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा चालक सूर्योदय नगरपालिका १२ बस्ने बर्ष ५२ को डिल्ली श्रेष्ठ र सह चालक सूर्योदय नगरपालिका ११ बस्ने बर्ष ४० को रुपक श्रेष्ठ रहेका छन् ।
घाइते भएका सह-चालक रुपक श्रेष्ठको अवस्था गम्भीर रहेको छ भने चालक डिल्ली श्रेष्ठको अवस्था समान्य रहेको छ । घाइते दुवैको झापाको विर्तामोड स्थित विर्ता सिटी अस्पतालमा उपचार भई रहेको छ ।
दुर्घटनाग्रस्त सवारी साधन भने घटना स्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुबेदीले जानकारी दिए ।

