संघ \संस्था

नेपालमै पहिलो अगरउडको विरुवा बहुवनमा रोपियो

देबु बानियाँ
बाहुण्डाँगी असार, १० । विश्वको लोपोन्मुख प्रजातीको विरुवाका रुपमा रहेको अगरउड (अघोरी) जातको विरुवा बहुवन सामुदायिक वन मेचीनगर ३ मा वृक्षारोपण गरिएको छ । नेपाल सरकार तथा वन विभागले परिश्रणका रुपमा नेपालमै पहिलो पटक यस सामुदायिक वनमा रोपेको हो । जहाँ १६ विरुवा रोपिएको छ । यस अघि व्यक्तिगत रुपमा यो विरुवा रोपेको भए पनि सामुदायिक वनमा रोपेको यो नै पहिलो हो ।

विरुवा रोप्दै मजदुरहरु


जिल्ला वन कार्यालय झापाको समन्वय र वन विभागको अगुवाइमा रोपिएका उक्त विरुवा वहुवन सामुदायिक वनको स्वामित्वमा रहनेछन् । मेचीनगर ३ को पहलेधापमा रहेको खाली जग्गामा बिहिवार विहान उक्त विरुवा रोपिएका हुन् । काठामाडौबाट आएका वन विज्ञ समुन घिमिरे र जिल्ला वन कार्यालय झापाका प्रमुख युवराज मास्केले सयुक्त रुपमा पहिलो विरुवा रोपेर उद्घाटन गर्नु भएको थियो । विरुवा मोरङबाट ल्याइएको हो ।

जिल्ला वन कार्यालय झापाका प्रमुख युवराज मास्के विरुवा अवलोकन गर्दै


यस रुखबाट उत्पादन भएको रसलाई औषधी र सेन्टका रुपमा प्रयोग गरिेने र यसले २५ वर्षदेखि प्रयोगमा ल्याउन सकिने जिल्ला वन कार्यालयका प्रमुख युवराज मास्केले बताउनु भयो । आइसीटि के आइका कार्यकारी निर्देशक समेत रहुन भएका वन विज्ञ सुमन घिमिरेले परिश्रणका रुपमा सुरु गरिएको र यो विरुवा सप्रिएर आएमा अन्य क्षेत्रमा पनि सुरु गरिने बताउनु भयो ।

साथै यहाँ वातावरण पनि राम्रो भएकाले पहिलो रोजाइमो यो वन परेको उहाँले बताउनु भयो । अहिले दैनिक ३५ जना कामदार लगाएर काम भइरहेको छ ।
वहुवन सामुदायिक वनका अध्यक्ष भुवन थापाले वन विभाग र जिल्ला वन कार्यालय झापाले पहिलो रोजाइका रुपमा हामीलाई छनोट गरेकोमा आभार व्यक्त गर्नु भयो ।

विराटनगरबाट ल्याइएको विरुवालाई गाडीबाट रोप्ने स्थान ल्याउँदै


कार्यक्रममा यस क्षेत्रका वन रेन्जर कुलप्रसाद भट्टराई, वनका उपाध्यक्ष अजय शंकर, सहसचिव काजी मेचेलगायतको सहभागिता रहेको थियो ।