झापा, असार १२ । बिरिङ खोलामा डुबेको अवस्थामा एक पुरूषको शव फेला परेको छ। अर्जुनधारा नगरपालिका–३ का राजकुमार खनाल आज बिहान मृतावस्थामा फेला परेका हुन् ।
अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित विरिङ खोलाको पानीमा ४० वर्षीय खनालको शव फेला परेका हो ।
खनाल शुक्रबार राति ८ः०० बजेपछि घरबाट हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

