मेचीनगर, असार २५ । मेचीनगर नगरपालिकाको आठौं नगर सभा समापन भएको छ । गत असार १० गते बिहीबारबाट सुरु भएको सभा आज (शुक्रबार) सकिएको हो ।
असार १० गते नगरप्रमुख विमल आचार्यले आगामी आर्थिक वर्ष ०७८/०७९ को वजेटको स्रोत र सीमा निर्धारण गरी सो को कार्यान्वयनका लागि ८२ बुदाँको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए ।
त्यस्तै नगर उपप्रमुख मीना उप्रेतीले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँको वार्षिक बजेट सभाले पारित गरेको छ ।
मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलकातर्फबाट प्रमुखहरुले धारणा राखेका थिए ।
नगर उपप्रमुख उप्रेतीले स्वागत गरेको नगर सभा समापन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले गरेका थिए ।
थुप्रै पुरस्कृत :
सभा समापनको अवसरमा नगरपालिकाले विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।
नगरपालिकाले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संघ संस्था, राजनीति दल, खेलकुदको माध्यमबाट सिङो मेचीनगरको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलाडीहरु, नगरका विभिन्न वडाका कोभिड १९ सँग सम्बन्धित फोकल पर्सन, स्वास्थ्यकर्मीलगायतलाई सम्मान र पुरस्कृत गरेको हो ।

नगरपालिकाले वर्षाेउत्कृष्ट कर्मचारीका रुपमा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान पत्रसहित प्रदान गरेको छ ।
कोभिड सक्रमण नियन्त्रण कार्यदल सचिवालय र आइसोलन व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दैं कार्यदलका सचिवालय संयोजक नवीन वराल र आइसोलन व्यवस्थापनमा समिति संयोजक सन्तोष मेचेलाई सम्मान पत्र प्रदान गरिएको थियो । मरोणापरान्त सम्मान वडानम्बर ७ का वडाध्यक्ष चन्दन मेचेलाई प्रदान गरिएको थियो ।
मेचीनगर स्थायी बसोवास भई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक दिलाउन सफल नेपाली महिला क्रिकेटकी कप्तान रुबिना क्षेत्री बेलबासे, राष्ट्रिय खेलाडीहरु काजल श्रेष्ठ, अप्पसरी वेगम, रोमा थापालाई नगदसहित पुरस्कृत गरिएको छ ।

त्यसैगरी व्याडमिन्टन राष्ट्रिय खेलाडी अमिता गिरी, करातेतर्फका क्रमस थापा, अस्मिता मल्लिक, सन्ध्या ठटाल, विक्रम मल्लिक,निश्चल शिवाकोटी र अभिशेक दवाडी, फुटबलतर्फ पुजन उपरकोटी र टेनिसतर्फ इरा राउत, प्रनव खनाल सम्मान तथा पुरस्कृत भएका छन् ।
नगरपालिकाले क्रिकेटका प्रशिक्षक वीरु श्रेष्ठ र भलिवलका प्रशिक्षक गणेशविक्रम नेम्वाङलाई समेत सम्मान गरेको थियो ।
यसैगरी, कोभिड संक्रमण नियन्त्रण र रोकथाममा पुर्याएको योगदानको कदर गदैं नगरपालिकाले कोभिड फोकल पर्सन सविता सापकोटा, ल्याव टेक्निसियनहरु धनकुमार राई, कमला राजवंशी तथा कोभिड आइसोलेसनमा कार्यरत डाक्टर अमृत सापकोटा र डाक्टर रोशन आचार्यसहित स्वास्थ्यकर्मीहरु सवितादेवी प्रधान, सदिक्षा भट्टराई, प्रगति खतिवडा र रेगन निरौलालाई पुरस्कृत तथा सम्मानित गरेको छ । ्
सोहि अवसरमा एम्बुलेन्स चालक भिमबहादुर खड्का,जंगबहादुर खड्का र शव वाहन चालक विक्रम माझी नगदसहित पुरस्कृत र सम्मनित भए ।
नगरपालिकाको वडा स्वास्थ्य फोकल पर्सनहरु विक्रम अधिकारी, हरिशचन्द्र देवकोटा, दुर्गा गौतम, तालबहादुर खड्का, धनकुमारी राई, लेखनाथ खतिवडा, गोमा कोइराला, रामप्रसाद अधिकारी, सुष्मा कार्की, सुरजकुमार भट्ट,कल्पना भण्डारी, सिर्जना अधिकारी, हेमन्त शर्मा दाहाल, दिवाकर पौडेल र अमृत कार्की पनि नगदसहित सम्मान तथा पुरस्कृत गरिएको थियो ।
नगरपालिकाले मेचीनगरमा क्रियाशील राजनीतिक दलहरुलाईसमेत कदर पत्र प्रदान गरेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टा, धुलावारी र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टालाई समेत कोभिड संक्रमण नियन्त्रण र रोकथाममा योगदान पुर्याएको भन्दैं सम्मान पत्र प्रदान गरेको छ ।
सोही अवसरमा रोटरी क्लब अफ काँकरभिट्टा, रोटरी क्लब अफ मेचीनगर, लायन्स क्लब अफ काँकरभिट्टा, मेचीनगर स्काउट, हाम्रो अभियान, मेची उद्योग बाणिज्य संघ, मेची अभियान, गोर्खा मेमोरियल फाउण्डेशन नेपाल शाखा, नेपाल रेडक्रस सोसाईटि उपशाखा मेचीनगर, मेची बस व्यवसायी प्रालि, होटल व्यवसायी सघ मेचीनगर, ट्राभल सघ झापा, सामुदायिक भवन बाहुनडाँगीलगायतका संस्थाहरुले कोभिड संक्रमण नियन्त्रण र रोकथाममा योगदान पुर्याएको भन्दैं सम्मान पत्र प्रदान गरिएको थियो ।
अतिथि सदन धुलावारी, पासाङ ल्हामू जेसीज स्मृति प्रतिष्ठान, राधास्वामी, सत्यसाई केन्द्रलाई समेत नगरपालिकाले सम्मान पत्र प्रदान गरेको थियो ।
सवैलाई नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित विभिन्न राजनीति दलका प्रमुख प्रतिनिधिहरुले खादा अविर टिका र नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

