संघ \संस्था

महिला हिंसा बिरूद्ध प्रशासनलाई ध्यानाकर्षण, मृत महिलाहरूको सम्झनामा दीप प्रज्वलन

ललित बहादुर प्रधान
मेचीनगर, श्रावण ७ ।
झापाको मेचीनगर स्थित काँकरभिट्टा युथले देशमा महिला हिंसा बढेको भन्दै सरकार र प्रशासनलाई ध्यानाकर्षण गराएका छन् ।

देशका विभिन्न स्थानमा भएको जघन्य महिला हिंसाको दोसीलाई प्रहरी प्रशासनले कानुनी दायरामा ल्याएर कार्वाही गर्न नसकेको भन्दै काँकरभिट्टा युथले बुधबार साझ मेचीनगर ६ स्थित काँकरभिट्टामा विरोध र्याली निकालेको छ ।

महिला हिंसा अन्त्य गर, बलात्कारीलाई फाँसी दे, हत्या हिंसा अन्त्य गर, सुरक्षित समाज कायम गर, निर्मलालाई न्याय दे, भगिरथालाई न्याय दे, सुजितालाई न्याय दे सृजनालाई न्याय दे लगायतका नारा सहित काकरभिट्टा क्याम्पसबाट सुरु भएको र्याली हनुमान मन्दिर, बाहुण्डाँगी रोड हुँदै बसपार्क छेत्रमा आएर कोण सभामा परिणत भएको थियो ।

संक्षिप्त भएको कोण सभाको सञ्चालन तुलसी बस्नेत (सौरभ) ले गरेका थिए, भने कल्पना थापा र प्रेनिजा ढकालले आफ्नो मन्तव्य राखेका थिए ।

साथै सोही अवसरमा आयोजक काकरभिट्टा युथले सम्पुर्ण मृत चेलीहरुको सम्झनामा दीप प्रज्वलन समेत गरेको थियो ।