काठमाण्डौं, श्रावण ५ । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच डिभोर्सको चर्चा चलिरहेको समयमा यी दुबै विरुद्ध बहुविवाहको उजुरी परेको छ । निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छवि दुबैलाई वहुविवाहको उजुरी दिएकी हुन् । हेमाले शिल्पा र छविलाई विपक्षी बनाएको बहुविवाहको जाहेरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएकी छन् ।
हिमाले आइतबार प्रहरीमा जोहरी दिएपछि झगडा नयाँ मोडमा पुगेको छ । दुई छोराकि आमा समेत रहेकि छविकि पूर्व पत्नी हिमाले उजुरी दिइसकेपछि अब के हुन्छ ? भन्ने जिज्ञासा धेरैलाई लागेको छ।
उता हिमाका वकिल स्वागत नेपालले छवि र सिल्पालाई ५ बर्षको जेल सजाय हुनसक्ने कुरा खुलाएका छन् ।



