स्वास्थ्य

बिएण्डसी टिचिङ हस्पिटलको प्रिन्सिपलमा प्राध्यापक डाक्टर उप्रेती

झापा, श्रावण ५ । झापाको बिएण्डसी टिचिङ हस्पिटलको प्रिन्सिपलको रुपमा प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती नियुक्त भएका छन् । उनले आइतबारदेखि नै प्रिन्सिपलको जिम्मेवारी पनि सम्हाले । यसै शैक्षिक सत्रबाट पहिलो पटक बिएण्डसी मेडिकल कलेजले कक्षा सञ्चालनको तयारी गरेको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले डाक्टर उप्रेतीलाई प्रिन्सिपलको जिम्मेवारी प्रदान गरिएको नियक्तिपत्र हस्तान्तरण गरेका थिए ।

काठमाण्डौंस्थित शिक्षण अस्पतालमा लामो समयसम्म काम गरेका प्राध्यापक डा. उप्रेतीले बी एण्ड सीको जिम्मेवारीले आफूलाई थप हौसला प्रदान गरेको बताए । अस्पताल परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै डाक्टर उप्रेतीले आफू पनि झापाबासी भएकाले झापामा नै आएर सेवा गर्न पाउनु गर्वको कुरा भएको बताए ।उनले बिएण्डसी मेडिकल कलेजबाट दक्ष चिकित्सक उत्पादन गर्ने अठोटसमेत गरेका छन् । आफ्नो शैक्षिक अवस्था, बाल्यकाल र शिक्षण अस्पतालमा भोगेको विगतबारे चर्चा गरेका डाक्टर उप्रेतीले सबैसँग मिलेर नयाँ जोश र जाँगर लिएर काम गर्न आफू झापा आएको बताए ।

सोही कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले अबको एक दशकभित्र दुई लाख नागरिकलाई रोजगारी दिने हिसाबले आफू अघि बढिरहेको बताए ।यसै शैक्षिक सत्रबाट अध्यापान सुरु गर्ने तयारीका साथ अस्पतालले प्रोफेसर ल्याउने क्रमलाई तिब्रता दिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । यस अघि नै प्रोफेसरद्वय डाक्टर गेहनाथ बराल र ऋतु बराललाई अस्पालले नियुक्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.