स्वास्थ्य

बिएण्डसी टिचिङ हस्पिटलको प्रिन्सिपलमा प्राध्यापक डाक्टर उप्रेती

झापा, श्रावण ५ । झापाको बिएण्डसी टिचिङ हस्पिटलको प्रिन्सिपलको रुपमा प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती नियुक्त भएका छन् । उनले आइतबारदेखि नै प्रिन्सिपलको जिम्मेवारी पनि सम्हाले । यसै शैक्षिक सत्रबाट पहिलो पटक बिएण्डसी मेडिकल कलेजले कक्षा सञ्चालनको तयारी गरेको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले डाक्टर उप्रेतीलाई प्रिन्सिपलको जिम्मेवारी प्रदान गरिएको नियक्तिपत्र हस्तान्तरण गरेका थिए Read More…

कला

वकिल भन्छन्, छवि र सिल्पालाई ५ बर्ष जेल सजाय हुनसक्छ !

काठमाण्डौं, श्रावण ५ । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच डिभोर्सको चर्चा चलिरहेको समयमा यी दुबै विरुद्ध बहुविवाहको उजुरी परेको छ । निर्माता छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छवि दुबैलाई वहुविवाहको उजुरी दिएकी हुन् । हेमाले शिल्पा र छविलाई विपक्षी बनाएको बहुविवाहको जाहेरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएकी छन् । Read More…

राजनीति

नेकपाका सबै जिल्ला इन्चार्ज र सह-इन्चार्ज छानिए

काठमाण्डौं, श्रावण ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार टुंगोमा पुगेको इन्चार्ज र सह–इन्चार्जको नामावली आइतबार साँझसम्म पार्टी Read More…

समाचार

वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र

काठमाण्डौं, श्रावण ५ । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ । कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो। गत असार १० गते ती दम्पतीलाई Read More…

समाचार

सिरहाको छुट्टाछुटै घटनामा एकै दिनमा पाँचको मृत्यु

सिरहा, श्रावण ५ । सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ । आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्टाको औँलामा टोकेपछि उपचारको लागि लहानतर्फ ल्याउने क्रममा उनको मृत्यु Read More…

विविध

आजको राशिफल (२०७६ श्रावण ५ गते आईतबार)

काठमाण्डौं, श्रावण ५ । आजको पञ्चाङ्ग वि.सं. २०७६ श्रावण ५ गते आईतबार इ.स.२०१९ जुलाई २१ तारिख। तपाईको आजको दिन कस्तो रहनेछ । हेर्नुहोस् आजको बाह्र राशिको फलादेश यस्तो छ ।मेषपरोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । Read More…