झापा । समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् ।
मंगलबार विर्तामोडमा सम्पन्न भेलाले राईको अध्यक्षतामा पन्द्र सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा दिलिप थापा, सचिवमा रिता दाहाल, सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द ल्वागुन, कोषाध्यक्षमा कमल बुढाथोकी रहेका छन् ।
त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई रहेका छन् ।

