बुटवल, साउन २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन्।
निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिए पनि प्रदेश सभामा हिजै अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
विपक्षी गठबन्धनले केसीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेको थियो।
प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित भएका थिए ।