झापा , भदौ २४ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा लगायत देशभर एमसिसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ।
आज झापाको झिलझिलेमा र्यालि सहितको कोणसभा गर्दै नेपाल कम्युनिस्ट पार्टीले एमसिसी सम्झौता खारेजीको माग गरेको हो ।सताक्षीधामको मुलगेटबाट शुरू भएको र्यालि मुख्य चोक तथा बजार हुँदै मेन रोडमा आएर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई झापा जिल्ला कार्यालय सचिव संजय राई र जिल्ला सदस्य एवम् शिवसताक्षि नगर इन्चार्ज युद्ध झापालीले सम्बोधन गरेका थिए भने भद्रपुर (कचनकवल नगर इन्चार्ज अनुकुलले कार्यक्रम सञ्चालन गरेका थिए।कोणसभालाई सम्बोधन गर्दै नेता राईले आक्रमक भाषण गरेका थिए। राष्ट्रघाति एमसिसी पास गर्न तयार रहेका दलालहरूलाई जनताल सशक्त कारबाही गर्ने चेतावनी दिँदै भ्रष्ट प्रतिनिधि र एमसिसीका पक्षधरहरूलाई कारबाही गर्ने चेतावनी दिए।
स्थानीय निकायदेखि केन्द्रीय निकायसम्म भ्रष्ट भएको भन्दै अहिले दलालहरूले विकास र समृद्धिका नाममा देश बेच्न लागिपरेको उल्लेख गरे। उनले अमेरिकाको ५५ अर्ब भन्दा जनतालाई आइपिओ भराए त्यसको ५ गुणा बढी रकम उठ्ने भन्दै एमसिसीका विरूद्व नेपाली सेना, सशस्त्र प्रहरी , नेपाल प्रहरी लगायत सबै एक भएर लड्नुपर्ने बताए ।
फरक प्रसंगमा बोल्दै नेता राईले समृद्धिका नाममा नीतिगत भ्रष्टाचार गरेको र सुकुम्बासी बस्तिमाथि दमन गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी देश र जनता माथिको कुनै पनि दमन सहेर नबस्ने र दलालहरूको जनताले घाँटी काट्ने उल्लेख गरे।त्यस्तै कोणसभामा बोल्दै अर्का नेता युद्ध झापालिले अब जनताले को राष्ट्रघाति र को राष्ट्रवादि चिनिसकेको उल्लेख गर्दै एमसिसीका विरूद्व ९९ प्रतिशत जनता रहेको भन्दै १ प्रतिशत दलालहरूले देश बेच्न लागिपरेको उल्लेख गरे।
कार्यक्रममा राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर , भ्रष्ट जनप्रतिनिधिलाई कारबाही गर, एमसिसी चाहिँदैन , देश बेच्न पाइँदैन , बैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा तथा प्लेकार्डहरू समेत प्रदर्शन गरिएको थियोे ।

