राजनीति

विश्वप्रकाशले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै

झापा, भदौ २४ । नेपाली कांग्रेसका यूवा नेता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै छन् ।

वीपी कोइरालाको १०८औं जन्मजयन्ती  पारेर अब वीपी संग्राहलय सुन्दरीजलमा शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

‘अहिले साँढे १२ बजे आगामी महाधिवेशनका लागि वीपी संग्रहालय सुन्दरीजलबाट महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्दै छु, प्रचारप्रसार गर्दै जाँदा असहज अवस्था आए पार्टी प्रवक्ता पनि छाड्छु,’ शर्माले भने ।

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको जन्मजयन्तीको कार्यक्रममा शर्मा प्रमुख अतिथिका रुपमा सुन्दरीजल जाँदै छन् । कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी कोइरालाको जन्मजयन्ती बनाउँदैछ ।