राजनीति

सुब्बाद्वारा काङ्ग्रेस क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा

मेचीनगर, असोज १ । नेपाली काङ्ग्रेसकाे १४ अौ महाधिवेशनका माहोल तातिरहेको अवस्थामा मेचीनगर ६ का युवा समाजसेवी एवम् नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य अर्जुन सुब्बाले क्षेत्रीय सचिवमा आफ्नो उम्मेदवारीकाे घोषणा गरेका छन्,।

काकडभिट्टामा पत्रकारहरूसँग भेटघाट गर्दै सुब्बाले क्षेत्रीय सचिवमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

२०४६ सालदेखि नेविसंघबाट राजनीति शुरू गरेका सुब्बाले विद्यार्थी राजनीतिकै क्रममा कनकाई क्याम्पसा स्ववियु सभापति समेत भएका सुब्बा १२ अौँ महाधिवेशनका निर्वाचित नगर सचिव समेत हुन् ।

सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका सुब्बा मेची साइकल राइडर्स संघका वर्तमान अध्यक्ष हुन् भने यसअघि हाेटल व्यवसायी संघ मेचीनगर र काकडभिट्टाकै चर्चित फुटबल क्लब काकडभिट्टा भेट्रानकाे अध्यक्ष रहेर नेतृत्व सम्हालिसकेका छन् ।

दुई दशक अगाडि देखि नै क्रियाशील सदस्य रहेका सुब्बाले लामो समय विभिन्न संघसंस्था तथा काङ्ग्रेस मेचिनगरकाे सचिव रहेर आफ्नो कार्यकाल सफल ढंगले पूरा गरेका थिए।

लामो समयदेखि राजनीतिमा सक्रिय सुब्बाले आफ्नो लामो समयदेखिकाे अनुभव अब पार्टीलाई पुर्ण रूपमा समय दिएर अगाडि बढ्ने र सांगठनिक संरचनालाई अझै सुदृढ बनाउनका निमित्त आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका छन्,।