संघ \संस्था

शान्ति युवा परिवारको सचेतना कार्यक्रम सम्पन्न

मेचीनगर । युवाको आवाज दुर्ब्यसन मुक्त समाज, भन्ने मुल नाराका साथ् मेचीनगर–४ स्थित शान्ति युवा परिवारले लागू औषध दुर्ब्यशन तथा चेलिबेटी बेचबिखन विरुद्ध एकदिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

May be an image of 2 people, including Shree Mainali and people standing

प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामका बाहुण्डागीको सामुदायिक भवनमा आयोजित कार्यक्रममा सहजकर्ताको भुमिका निर्वाह समाजसेवी एवम् बुद्धिजिविगोविन्द न्यौपानेले गरेका थिए ।

May be an image of Gobinda Neupane, standing and indoor

कार्यक्रममा समाजसेवी एवम् पूर्व बाहुण्डागी गाविस अध्यक्ष निलकण्ठ तिवारी, ईलाका प्रहरी कार्यलाय काकाड्भिट्टा प्रमुख डिएसपी सुनिल दाहाल, माइति नेपाल प्रदेश नम्बर १ का संयोजक गोविन्द घिमिरे, राजनैतिक दललगायत विभिन्न संघ सस्थाहरुको प्रमुखको आतिथ्यता रहेको थियो ।

May be an image of 1 person and standing

वडाका युवा युतिीको बाक्लो उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता आयोजक शान्ति युवा परिवार मेचीनगर–४ का अध्यक्ष लुसन तिवारी र सञ्चालन सचिव पवन बराईलिले गरेका थिए ।

May be an image of 4 people, people standing and people sitting