खेलकुद

‘मेचीनगर युवा कप–२०७८’ को फाइनल आज, उपाधिका लागि भानु टोल र ह्याप्पी क्लब भिड्दै

मेचीनगर, असोज ८ । मेचीनगरमा जारी ‘मेचीनगर युवा कप–२०७८’ को आज हुने फाइनल खेलमा भानु टोल फुटबल क्लब तथा ह्याप्पी क्लब भिड्दैछन् ।

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ह्याप्पी क्लबले वडा नम्बर १५ लाई २–१ गोल अन्तरले पाखा लगाउँदै फाइनलमा भानु टोल फुटबल क्लबसँगको भेट पक्का गरेको थियो ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भानु क्लब फुटबल क्लब वडा नम्बर ६ ले वडा नम्बर ११ लाई ३–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल आज अराह्न्न ३ बजे हुने आयोजकले जनाएको छ ।

फाइनल खेलअघि आयोजक तथा मेचीनगरका सञ्चारकर्मी बीच मैत्रीपूर्ण खेल हुनेसमेत आयोजकले बताएको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद २० हजार रुपैयाँ, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट फरवार्ड, सार्वेत्कृष्ट खेलाडिलाई ट्रफि तथा मेडल प्रदान गरिने आयोजकले बताएको छ ।

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर नगर कमिटिले आयोजना गरेको फुटबल प्रतियोगितामा नगरका २० टिम सहभागी छन् । प्रतियोगिताअन्तर्गत यो दोस्रो संस्करण रहेको छ ।