मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगरले आफ्नो संगठन बिस्तार गर्दै लगेको छ । यसैबिच संगठन बिस्तार गर्ने क्रममा शनिबार राप्रपा मेचिनगर वडा न ७ कमिटिको आयोजनामा भातृ संगठन युवक वडा समिति र महिला वडा समिति गठन गरेको छ ।

भेलाले महिला वडा कमिटीमा अध्यक्ष पुनम भण्डारी र युवाको अध्यक्षमा रतिलाल मुन्डालाई सर्वसम्मत चयन गरेको छ । भण्डारीको नेतृत्वमा २१ सदस्यिय महिला कमिटी र मुुण्डाको नेतृत्वमा २१ सदस्यिय युवा वडा कमिटि गठन गरिएको राप्रपा मेचीनगर–७ का अध्यक्ष राजु सिवाकोटीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अथिती प्रदेश सदस्य तथा पुर्व मेयर कल्याण खड्का, विशिष्ट अथिती मेचिनगर राप्रपा अध्यक्ष सबिना बजगाई तथा अथितिहरु महिला क्षेत्रीय सदस्य अस्मिता खरेल, मेचिनगर महिला अध्यक्ष सुनिता शर्मा, जिल्ला सदस्य सरदा पराजुली, कल्पना डागीलगायतको उपस्तिथि थियो ।

राप्रपा मेचीनगर–७ का अध्यक्ष राजु सिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन मेची नगर राप्रपा उपाध्यक्ष घनश्याम लामीछानेले गरेका थिए ।

