स्वास्थ्य

सरकारले लागु गरेको स्वास्थ्य बिमा लक्षित वर्गमा पुग्न सकेन

युवराज आचार्य
झापा ।
नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउने उद्देश्यले नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अझै लक्षित वर्गमा पुग्न सकेको छैन् । करिब तीन बर्ष अघिबाट जिल्लामा लागु गरिएको स्वास्थ्य बिमा कार्यक्रम अझै सबैको पहुचमा पुग्न नसकेको हो ।

अति बिपन्न, पिछडिएका तथा स्वस्थ्याको पहुचबाट टाढा रहेका आफ्ना सबै नागरिकलाई स्वास्थ्यको सहज पहुच पुर्यायने उदेश्यले सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रमम अझै ति लक्षित वर्गसम्म सहज रुपमा पुग्न नसकेको जानकारहरु बताउछन् ।

स्वास्थ्य बिमा गरे वापत उपचारमा नागरिकले पाउने सहज सेवा सुविधा अझै कतिलाई थाहा नहुनुले पनि सरकारले लागु गरेको स्वास्थ्य बिमा लक्षित वर्गमा पुग्न अझै नसकेको पुष्टी हुन्छ ।

यस्तै आफुलाई स्वास्थ्य बिमा सम्बन्धि केहि जानकारी नै नभएको गौरीगञ्ज गाउँपालिका १ का कुमार दुलालले बताए । उनको घरमा तीन जनाको परिवार छन् तर, कसैको पनि स्वास्थ्य बिमा अहिले सम्म नगरेको उनले बताए ।

यता मेचीनगर स्थित एक बगानमा काम गर्ने मजदुर राते पाहान पनि अहिलेसम्म स्वास्थ्य बिमा नगरेको बताउछन् । उनले भने हाम्रो घरमा अहिले सम्म कोहि पनि बिमा गर्ने मानिस आएको छैनन् । बिमा कस्ले गर्छ ? त्यो पनि आफुलाई थाहा नपाएको उनले बताए ।

सरकारी स्वास्थ्य संस्था एवम् सरकारबाट मान्यता प्राप्त निजि अस्पतालहरुले प्रदान गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रम सरल र सहज नहुदा कति बिमा गरे पनि स्वास्थ्य सेवा लिनबाट बन्चित भईरहेको देखिन्छ ।

सुरुवातका दिनमा बीमामा आबद्ध हुनेहरु बढेपनि पछिल्ला दिनहरुमा सेवा राम्रो नपाएको भन्दै जिल्लामा धेरै गुनासाहरु आउने गरेकाले पछिल्लो समय बीमा गराउनेहरु घटिरहेका छन् । यस बिषयमा सम्बन्धित निकाय बेलैमा चासो नदिए सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम हुने खाने र पहुचवालाको मात्रै हुने देखिन्छ ।