मेचीनगर । नेपाल उराँव आदिवासी जनजाती विद्यार्थी प्रतिष्ठानको आयोजना तथा नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानको सह-आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर–८ स्थित आदर्श माविको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा झापा जिल्ला भरिका विद्यार्थी तथा युवाहरुलाई थप संगठित गर्दै जातिगत विकासलाई अघि बढाउने बिषयमा वृहत अन्तरक्रिया भएको बताइएको छ ।
छलफलमा उराँव समुदायका विद्यार्थीहरुले आफ्नो अध्ययन अध्यापनको क्षेत्रलाई बढाएर लैजान आवश्यक भएको भन्दै युवाहरुले नेतृत्व विकासमा ध्यान दिन आग्रह गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ८ का अध्यक्ष विकेन्द्र धिमाल, विशिष्ट अतिथि जनजाती प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा उराँव जनजाती साहित्यकार लेखक महासंघका केन्द्रीय उपाध्यक्ष बेचन उराँव, जनप्रतिनिधि सन्तोष मेचे, गंगा पाठक, नेपाल खँडिया उत्थान मञ्चका अध्यक्ष दशरथ खँडिया, प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष सम्पलाल उराँव, केन्द्रीय सदस्य ब्रह्मदेव उराँव, राजकुमार उराँवलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
नेपाल खेलकुद महासंघ झापा जिल्ला सदस्य तथा विद्यार्थी प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष दिलिप उराँवको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत आरती उराँँव तथा सञ्चालन बिनिता उराँवले गरेकी थिइन् ।

