संघ \संस्था

मेचीनगरमा सूचनाको हक समिति

झापा, माघ २३ । सूचनाको हकका लागि राष्ट्रिय संजाल विस्तारको क्रममा विहीवार मेचीनगर स्तरीय समिति गठन गरिएको छ ।

सूचनाको हककी अभियन्ता इश्वरा तिवारीको उपस्थितिमा मेचीनगरको इटाभट्टामा आयोजित एक छलफलले छलवहादुर (सीवी) सारु मगरको संयोजकत्वमा मेचीनगर स्तरीय प्रारम्भिक समिति चयन गरेको हो ।

जसका सदस्यहरुमा रुपसागर अधिकारी, कंचन वराल, होमनाथ प्रसाई, इन्द्र सुव्वा, सुवास तिम्सिना, अर्जुन लिम्वु प्रशान्त, सन्तोष राई, पुष्प अर्याल र प्रतापसिंह रुम्वा छन् । संयोजक सारुका अनुसार समितिको आगामी वैठकले मेचीनगरका १५ वटै वडालाई समेट्ने सदस्य विस्तार गरिने छ ।

यसअघि झापाको हल्दीवारी गाउपालिकामा यामकान्त निरौलाको संयोजकतत्वमा १५ सदस्यीय गाउपालिका स्तरीय समिति गठन गरिएको थियो । जिल्लाका १५ वटै स्थानीय तहमा समिति गठन गरी स्थानीय सरकारका गतिविधिलाई खवरदारी गरिने अभियन्ता तिवारीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published.