एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने पक्का भएको छ । प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गरेका छन्। अलमुताइरीले एन्फासँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन् । उनले सम्झौता एक वर्ष बाँकी रहँदै नवीकरण गरेका हुन्। प्रशिक्षक अलमुताइरीले सामाजिक संजालबाट आफूले एन्फासँग सम्झौता नवीकरण गरेको Read More…
Day: October 27, 2021
एकीकृत समाजवादीको आधिकारिक चुनाव चिन्ह कलम
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले चुनाव चिन्ह कलम पाएको छ । मंगलबार निर्वाचन आयोगले एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो । निर्वाचन आयोगले पत्रमार्फत एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको जानकारी दिएको छ । कलम चुनाव चिन्ह पाएको एकीकृत समाजवादीको झण्डाको रातो पृष्ठभूमिमा बायाँ Read More…
राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा नयाँ सरकार, को–को बन्दैछन् मन्त्री ?
काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको हो । संघीय सरकारमा गठबन्धन गरिरहेका चार दलमध्ये प्रदेश सभामा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले यसअघि नै पाण्डेलाई Read More…
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । बुधबार प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । बैठकमा उनले आफ्नो छोटो समयमै केही उपलब्धिमूलक काम गरेकाे बताउँदै आफूलाई सहयोग गर्नेहरुलाई धन्यवादसमेत व्यक्त गरिन् । प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनुअघि Read More…
नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा
काठमाडौं । नेपाल बार एशोसिएनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा मागेको छ । मंगलबार बसेको बार एशोसिएनको बैठकले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो । राजीनामा नदिए प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ । महासचिव लीलामणि पौड्यालले जारी गरेको विज्ञप्तिमा न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिलाई भाग दिएको र न्यायाधीशहरूलाई मानपदवी दिएको भन्दै सरकारको पनि Read More…
डेढ सयभन्दा बढी पालिकामा एमालेको नेतृत्व सर्वसम्मत, बाकीमा आज
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को एक सय ५० भन्दा बढी पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पालिका अधिवेशनको उद्घाटन गरेका थिए । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले देशभर रहेका ७५३ मध्ये ६०० भन्दा बढी पालिकामा अधिवेशन भएको बताए । जसमध्ये एक सय ५० भन्दा Read More…






