झापा । रोशा फुँयाल सिंगिन रियलिटी सो सारेगम लिटिल च्यापियनको उत्कृष्ट पन्द्रमा पर्न सफल भएकी छिन् । झापा मेचीनगरकी रोशा सहभागीलाई कडा चुनौती दिदै आफ्नो सुमधुर स्वरले उत्कृष्ट प्रस्तुती दिदै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेकी छिन् । मेचीनगर–८ स्थित सेन्टरी टोलकी रोशा छ बर्षको उमेरदेखि नै गीतसंगितमा रुचि राख्दै आफ्नो भबिष्य कलाकारीता खोजिरहेकी छिन् । Read More…
Month: October 2021
अध्यक्षमा भट्टराई
मेचीनगर । नेकपा एमालेको मेचीनगर- ८ काे वडा अध्यक्षमा बिष्णु भट्टराई चुनिएका छन् । मेचीनगर ८ स्थित किराँत याक्थुम चुम्लुङ भवनमा शनिबार भएको दाेस्राे वडा सम्मेलनले भट्टराईकाे नेतृत्वमा ३१ सदस्यीय वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राधा अधिकारी, सचिवमा मिलन विश्वकर्मा, उपसचिवमा गणेश कार्की र सागर लिम्बू चयन भएका छन् । त्यस्तै सदस्यहरूमा Read More…
आज बाढी प्रभावित वडाबाहेक देशभर एकसाथ एमाले वडा अधिवेशन
झापा । नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (शनिबार) देशभर एकसाथ वडा अधिवेशन हुँदैछन्। वडा अधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। एमाले केन्द्रीय कार्यालयका अनुसार कात्तिक ६ गते देशभर वडा अधिवेशन गर्ने तयारी पूरा गरिसकेकामा केहिदिन अघिदेखि आएको बेमौषमी बर्षासहितको बाढी र पहिरोबाट प्रभावित जिल्लामा Read More…
एमाले १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट रावलले दिए राजीनामा
काठमाडौं । नेकपा एमालेलाई एकीकृत गर्न बनाइएको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न कुनै चासो नदिएपछि राजीनामा दिएको बताइएको छ । १० बुँदे कार्यन्वयन नगरेर शुक्रबार रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई एमालेको केन्दीय सदस्यमा नियुक्त गरेपछि रावल चिढिएका थिए । Read More…
पत्रकार थापाद्वारा आफ्नो जन्मदिनमा प्रेस क्लब मेचीनगरलाई नगद प्रदान
मेचीनगर । पत्रकार दिलीप थापाले आफ्नो जन्मदिनको अवसर पारेर प्रेस क्लब मेचीनगरलाई नगद १० हजार ५ पाँचसय एक रुपैयाँ प्रदान गर्नुभएको छ । हव डिजिटल मिडिया प्रालि मेचीनगरको कार्यालयमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा क्लबका कार्यसमिति तथा सचिवालय सदस्यसमेत रहनु भएका रातो पोस्ट साप्ताहिक तथा अनलाईनका सम्पादक पत्रकार थापाले क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीलाई उक्त रकम बराबरको Read More…
कात्तिक ७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
झापा । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको Read More…
मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्दै, यस्तो छ अंकगणित
मोरङ । प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिँदैछन्। उनले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका छन्। प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ। दल विभाजित भए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त Read More…
एमसीसी जस्ताको त्यस्तै पारित हुन्छ : प्रधानमन्त्री देउवा
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् । बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’बताएका हुन् । ‘एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ प्रधानमन्त्री देउवाले भने,‘बाहिरी हल्ला फैलाएर त्यसको Read More…
जिल्ला खेलकुद विकास समिति झापाको अध्यक्षमा प्रसाईं र उपाध्यक्षमा प्रधान नियुक्त
झापा । जिल्ला खेलकुद विकास समिति झापाको अध्यक्षमा चन्द्र प्रसाईं र उपाध्यक्षमा तुलसा प्रधान नियुक्त भएका छन । १ नम्बर प्रदेश र सामाजिक विकास मन्त्रालयले आज झापाका प्रसाईं र प्रधानलाईं नियुक्त गरेकाे हाे । १ नम्बर प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले जिल्ला खेलकुद बिकासकाे १४ वटै जिल्लाका विकास समितीको अध्यक्ष र उपाध्यक्षहरू नियुक्त गरेको Read More…
प्रादेशिक संचार प्रतिष्ठानको सदस्यमा झापाकी पत्रकार भिमा शिवाकोटी
झापा । नेपाल सरकार प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत प्रादेशिक संचार प्रतिष्ठानको सदस्यमा झापाकी पत्रकार भिमा शिवाकोटी मनोनयन भएकी छिन् । नारी सञ्चार गृह झापाकी अध्यक्षसमेत रहेकी शिवाकोटीलाई प्रादेशिक संचार प्रतिष्ठानको (गठन, सञ्चालन तथा व्यवस्थापन) नियामवली २०७७ को नियम (६) को उपनियम (१) बमोजिम मनोनयन गरिएको हो । शिवाकोटीलाई आन्तरिक Read More…










