राजनीति

वरिष्ठ नेता पौडेलद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आफ्नो टिमबाट अन्य नेताले पनि आकाङ्क्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताउनुभयो । “प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार Read More…

समाचार

पाँचथर बस दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

पाँचथर । फिदिम नगरपालिका–४ सरखण्डेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङ लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको Read More…

अर्थ

बेमौषमी बर्षले धानबालीमा ८ अर्ब २६ करोडको क्षति

काठमाडौं । धान भित्र्याउने बेलाको वर्षा र बाढीपहिरोले मुलुकभर धानबालीमा सवा आठ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ। गत साताको वर्षाले काटेर सुकाएको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको धानमा समेत क्षति पुगेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ Read More…

संघ \संस्था

पाहुना घर उद्घाटन गर्दै एमाले अध्यक्ष ओली

झापा । हिजोदेखि गृहजिल्लामा रहनु भएका पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पनि झापाका विभिन्न कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ । अध्यक्ष ओलीले आज आफ्नो निर्वाचन क्षेत्रमा रहेका दुईवटा कार्यक्रममा सहभागी हुनुहुनेछ । बिहान ११ बजे गौरादह नगरपालिका ५ स्थित साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन गर्नुहुनेछ । Read More…

खेलकुद

पाकिस्तानविरुद्ध भारतको लज्जास्पद हार

काठमाडौं । आइसिसि टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा भारतविरुद्ध पाकिस्तानले ऐतिहासिक जित निकालेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको हो। भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा भेट्टायो। पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले शानदार प्रदर्शन गरे। उनीहरु दुबै जनाले अर्धशतकीय पारी Read More…

संघ \संस्था

विराटनगर जुनियर जेसिजद्वारा २६ औ वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम

बाहुण्डाँगी । विराटनगर जुनियर जेसिजले विभिन्न कार्यक्रमको आयोजना गरेर २६ औ वार्षिक उत्सव मनाएको छ । विराटनगर जुनियर जेसिजकी अध्यक्ष जिना शर्माको अध्यक्षतामा २६ औ वार्षिकोत्सब कार्यक्रम विभिन्न ६ विधामा वार्षिक उत्सव मनाईएको हो । उत्तसवमा बैठक प्रक्रिया तालिम, खाद्यान्न बितरण, जेसिज हाजिरीजवाफ, मैत्रीपूर्ण फुटसल र तुमला देवी बक्तित्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाले Read More…

राजनीति

एमालेले जोगाइदिएको साखका कारण प्रचण्डले संसदमा फुर्ती देखाइरहेका छन्: अध्यक्ष ओली

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमालेले जोगाइदिएको साखका कारण माओवादी अध्यक्ष प्रचण्डले संसदमा फुर्ती देखाइरहेको दावी गरेका छन् । शनिबार गृहजिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड एमालेले जोगाइदिएको साखकै कारण संसदमा फुर्ती देखाइरहेको बताए । उनले भने, ‘अहिले प्रचण्डले जे फुर्ती लगाइरहेका छन् । त्यो हामीले जोगाइ दिएको हो।’ उनले Read More…

राजनीति

प्रचण्डलाई झड्काः नेकपा एमालेमा प्रवेश गर्दै दुर्गा प्रसाई

झापा । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट व्यक्तिका रुपमा चिनिदै आएका झापाको बिर्तामोड निवासी दुर्गा प्रसाई नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । नेकपा एमाले झापाले बिर्तामोडस्थित सीटी सेन्टरमा आयोजना गरेको वृहत एक कार्यक्रमकाबीच बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाई नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई पार्टीका अध्यक्ष केपी शर्मा Read More…

राजनीति

नेकपा एमाले मेचीनगरको १२ वटा वडामा सर्वसम्मत नेतृत्व चयन, ३ वटा वडामा आज

मेचीनगर । नेकपा एमाले मेचीनगरको शनिबार सम्पन्न वडा अधिवेशनले नगरका १२ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ, भने३ वटामा सर्वसम्मत नेतृत्व चयन हुन सकेन । मेचीनगरको सर्ब सम्मत नेतृत्व चयन भएका वडाहरुमा वडा नं. १ को अध्यक्षमा भरत मोक्तान, वडा नं. ४ मा तीर्थराज नेपाल, वडा नं. ५ को अध्यक्षमा रविन राउत, वडा नं. Read More…

स्वास्थ्य

देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डाैं। देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु हुँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।। भिटामिन ‘ए’ र जुकाको औषधि खान आज Read More…