राजनीति

जेसीजका राष्ट्रिय अध्यक्ष खनाल कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवार

चितवन २९ कात्तिक । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिका रुपमा उम्मेदवारी दिने हुनु भएको छ । यस अघि सामाजिक सञ्जाल तथा पाटीका विभिन्न फोरमहरुमा आफ्नो उम्मेदवारी घोषणा गरेर मत माग्ने अभियानमा रहनु भएका खनालले ६ गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गर्नु हुनेछ ।


२०५७ सालदेखि निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय खनाल नेपाल जेसीजका वर्तमान राष्ट्रिय अध्यक्ष समेत रहनु भएको छ ।
पुर्खेयौली थलो तनहुँबाट राजनीति सुरु गर्नु भएका खनाल विरेन्द्र बहुमुखी क्याम्पस चितवनको स्ववियु सदस्य, २०६१ सालमा विरेन्द्र बहुमुखी क्याम्पसमा नेवि संघको इकाइ सचिव, त्यसपछि ३ कार्यकाल यहि कलेजमा सभापतिको जिम्मेवारी बहन गरेको अनुभव छ । सोही क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार समेत बन्नु भएका खनाल नेपाल विद्यार्थी संघ चितवन जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्नु भयो ।

नेवि संघको राजनीतिपछि पाटीको मुल धारको राजनितिमा प्रवेश गर्नु भएका खनाल चितवन क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्य तथा क्षेत्रीय प्रवक्ताको जिम्मेवारी बहन गरिसक्नु भएको छ । वर्तमान युवा सजगता अभियानको अध्यक्ष रहनु भएका खनालले अबको यात्रा केन्द्रीय महाधिवेशनतर्फ अघि बढाउनु भएका खनाल पाटीभित्र क्रियाशिल व्यत्तिका रुपमा परिचित हुनुहुन्छ ।


यसो त खनाल राजनीतिक रुपमा मात्र होइन सामाजिक रुपमा समेत उत्तिकै क्रियाशिल हुनुहुन्छ । चितवनमै रहेको बीसहजार जेसीजमा आबद्ध भएर समाजिक अभियानमा सक्रिय खनाल यस शाखाको २०१० मा शाखा अध्यक्ष २०१२ राष्ट्रिय उपाध्यक्ष, २०१३ मा राष्ट्रिय महासचिव, २०१६ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष र २०२१ मा राष्ट्रिय अध्यक्ष जस्तो गरिमामय पदमा पुग्न सफल हुनु भयो ।


पाटीभित्रको त्याग, सामाजिक क्षेत्रको क्रियाशिलता र सबैलाई समान व्यवहारका साथ अघि बढ्न सक्ने क्षमता भएका खनालले आगामी निर्वाचनमा साथी भाइको सहयोगमा आफ्नो जित निश्चित रहेको बताउनु भयो ।