

इलाम । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रिय अधिबेसन तर्फ क्षेत्रीय सचिब पदमा लोकप्रीय युवा नेता त्रिलोचन गौतमले आफ्नो उम्मेदवारी दिएका छन् ।
जन्मजातै कांग्रेसमा आवद्व गौतम विद्यार्थी जीवनदेखि कांग्रेसमा सक्रिय छन् । चुलाचुली–१ कमल निवासी उनी जिल्लाको लोकप्रिय युवा नेताको रुपमा परिचित छन् । काँग्रेसको सरल र बौद्धिक नेताको रुपमा परिचित गौतम शैक्षिक योजना तथा ब्यावस्थापन बिषयमा स्नातकोत्तर हुन् ।
कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रिय अधिबेसन यही मंसिर ६ गते हुदैछ ।



