

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह अन्तर्गत तेस्रो दिनको कार्यक्रम इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुको पोखरी परिसर सरसफाइ तथा डस्विन वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक पर्यटनको विकास गरौ, अन्तुपोखरीलाई सफा राखौँ भन्ने नाराका साथ आयोजना भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सुन्दा सामान्य सरसफाइ तथा डस्विन वितरण भनिए पनि यसले दिने सन्देश अत्यन्तै महत्वपूर्ण रहेको बताएका थिए । झापाबाट इलाम पुगेर यो अभियानमा जोडिनु यस क्षेत्रका व्यवसायी तथा स्थानीय सरकारलार्य चुनौती थपिएको बताएका थिए ।

शाखाकाको तर्फ बाट प्रदान गरिएको डस्विन स्थानीय सरकार सुर्याेदय नगरपालिका मार्फत वितरण गर्ने गरि हस्तान्तरण गरिएको थियो ।
शाखाका अध्यक्ष दिपक बरालको सभापतित्व तथा सुर्योदय नगरपालिका वडा नम्बर ४ का सदस्य उदय लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा होमस्टे एशोसियसन नेपालका केन्द्रीय सदस्य एकराज घिमिरे, शाखाका पूर्व अध्यक्ष सन्तोष सुवेदी, श्री अन्तु पर्यटन व्यवसायीका अध्यक्ष, होमस्टेका अध्यक्ष, स्थानीय प्रशासन तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

२०२१ का अध्यक्ष सल्लाहकार देबु बानियाँले जेसीज आस्थापाठ गरेको कार्यक्रमको स्वागत मुल कार्यक्रम संयोजक हेमन्त मोक्तान तथा सञ्चालन महासचिव केवल निरौलाले गरेका थिए । उक्त कार्यक्रमको संयोजकका रुपमा उपाध्यक्ष न्युटन कार्की रहनु भएको थियो ।



