
झापा । झापाली सञ्चारकर्मी एवम् छड्के अनुसन्धान साप्ताहिकका सम्पादक खगेन्द्र घिमिरे “खराे”ले चलचित्र “रिभेन्स” मार्फत फिल्मि क्षेत्रमा इन्ट्रि मारेका छन्,। हिजो शनिवार इटहरीको इलाइट सिनेमा हलमा चलचित्र रिभेन्स रिलिज भएको थियोे ।
उक्त चलचित्र प्रशारणकाे पहिलो दिन हलमा बालकदेखि बृद्धअवस्था सम्मका ब्यक्तिहरूकाे उपस्थित रहेको थियोे भने धेरै दर्शकका आँखा रसाएका थिए । चलचित्र हेर्न हलसम्म पुगेकी ७० वर्षीय शान्ता पाठकको आँखामा पनि आँसु थियो । चलचित्र रिभेन्स हेरेपछि उनको आँखा भरी आँसु देखेपछि निर्माण पक्षले आमा किन आँखामा आँसु ? भन्ने प्रश्नको जवाफमा उनले नेपाली छोरी चेलीहरू विदेशमा बेचिएकाे कारूणिक दृश्य सँगै अहिलेकाे यथार्थलाई चलचित्रमा उतारिएकाे र सत्य घटना रहेको बताइन् ।
सन्देशमुलक चलचित्र रिभेन्सको विशेष सो पूर्वको इटहरीमा भएको थियोे। पूर्वका विभिन्न क्षेत्रमा छायाङ्कन भइरहेको फिल्म हिजो शनिबार हलमा प्रदर्शन भएको हो ।

