संघ \संस्था

सुर्खेत लेडी जेसीजको अध्यक्षमा मनिषा कौषल निर्वाचित

बाहुण्डाँगी । सुर्खेत महिला जेसीजमा २०२२ का लागि नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्मपन्न शाखाका ११ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति छनोट गरिएको हो ।

जेसीज अध्यक्षमा मनिषा कौशलको नेतृत्वमा कार्यसमिति चयन भएको हो । यस्तै, कार्यकारिणी उपाध्यक्षमा सीता भण्डारी र कमला बस्याल उपाध्यक्षमा सगुन पोख्रेल, प्रमिला थापा, बिन्दु पुरी र यशोदा खत्री चयन भएका हुन् ।

वर्ष २०२१ की अध्यक्ष लक्ष्मी गुरुङको सभापतित्व तथा पूर्व अध्यक्ष ज्योती कार्की पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा शाखाका पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।