राजनीति

हतियारको बलमा राज्यले दमन गर्छ भने त्यसको प्रतिरोध गर्न तयार छौँः विप्लव

बिराटनगर। नेपाल कम्युनिस्ट पार्टीद्वारा प्रदेश -१ काे राजधानी बिराटनगरमा आयोजना गरिएको वृहत् जनसभा भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द “विप्लव” को प्रमुख आतिथ्यता रहेको उक्त सभामा पार्टीका थुप्रै केन्द्रीय नेताहरूकाे समेत आतिथ्यता रहेको थियोे ।

पार्टी केन्द्रीय सदस्य एवम् सचिवालय सदस्य हेमन्त प्रकाश ओली ” सुदर्शन”, पार्टीका केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन, दिपेश राई, असल, निर्मल राई, देव नारायण शाह, जाेखिम, शैलेश, विवेक , समर, बलवान्, आजाद सेन, तिर्थ राई, त्यसैगरी केन्द्रीय सल्लाहकार समिति सदस्य हाेम विद्रोही , सहिद तिर्थ घिमिरेका पिता निमनाथ घिमिरे, अखिल (क्रान्तिकारी) का महासचिव मिलन राई, श्रमिक समुदाय माेर्चाका महासचिव त्रिलोचन लगायतको आतिथ्यता रहेको थियो ।

बिराटनगर स्थित महेन्द्रचाेक पुर्व हिमालय रोडमा सम्पन्न उक्त सभाकाे सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंहले गरेका थिए भने उक्त सभाका सभापति पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बू रहेका थिए।

उक्त सभामा सामना सांस्कृतिक परिवारका कलाकारहरूले सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए भने सभालाई महासचिव विप्लवले सम्बोधन गरेका थिए।

सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा पुर्वकाे ठुलाे योगदान रहेको उल्लेख गर्दै पुर्वमा क्रान्तिकाे ज्वाला निस्किने उद्घोष गरे । उनले बिराटनगरबाट भएको मजदुर आन्दोलन र झापाबाट शुरू भएको सामन्तका टाउकाे काट्ने अभियान स्मरण गर्दै आज तिनै व्यक्ति र तिनका पार्टी सामन्ती बन्न पुगेकाले देश र जनताले दु:ख पाएको बताए । एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद असम्भव भन्दै हिँड्ने केपी , प्रचण्ड , बाबुराम , शेरबहादुरहरू नै अहिले यो व्यवस्थाबाट आजित भैसकेको बताउँदै महासचिव विप्लवले राणासाशणकाे अन्त्य , झापा अान्दोलन , पञ्चायती व्यवस्था बिरूद्वकाे आन्दोलन , सामन्तवाद विरूद्वकाे दशवर्षे जनयुद्ध परिवर्तन चाहने जनताबाट भएकोले जनताले दलाल पुजीवादी संसदीय व्यवस्थाकाे अन्त्य गरेर बैज्ञानिक समाजवादी व्यवस्था ल्याएरै छाड्ने र अहिलेकाे परिस्थितिमा यो मात्रै विकल्प रहेको बताए ।

झन्डै १ घण्टा लामो भाषण गरेका विप्लवले अहिलेकाे राज्यसत्ता चरम रूपमा भ्रष्टाचारमा लिप्त रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले कुनैपनि भ्रष्टाचार , बेथिति , विसंगति , अत्याचार अन्याय नसहने उद्घोष गरे । उनले राज्यलाई अरबाैँ राजस्व नबुझाउने एनसेल कम्पनिलाई राज्य आफैंले कारबाही गर्नुपर्ने ठाउँमा नेकपाकाे नेतृत्वमा जनताले एनसेललाई कारबाही गर्दा नेकपामाथि प्रतिबन्ध लगाएको उल्लेख गर्दै पुर्वमा मुठभेडका नाममा राज्यले पार्टीका कार्यकर्ता हत्या गरेको बताए । राज्यले प्रतिबन्ध लगाउँदै विप्लव माओवादीलाई सिध्याउने अभिव्यक्ती दिने केपी प्रचण्डहरू नै पतनकाे बाटोमा पुगेको उल्लेख गर्दै क्रान्ति आगाेका झिल्काे रहेकाे र परिवर्तन चाहने जनताले त्यसलाई ज्वालामा परिणत गरेकाे बताए । गत फागुन २१ गते राज्यले ३ बुदे सहमति गरेर प्रतिबन्ध फुकुवा गरेपनि सहमति अनुरूप काम नगरेको भन्दै विप्लवले राज्यले बन्दुकको बलमा दमन गर्न खाेजे त्यसकाे सशक्त प्रतिरोध गर्न तयार रहेको बताए ।

अहिलेपनि देशका विभिन्न कारागारमा नेताकार्यकर्ता बन्दी बनाएको भन्दै आक्रोशित बनेका विप्लवले राज्यले नेपाल प्रहरी र सेनालाई दुरुपयोग गरेकाे उल्लेख गरे । नेपालमा अबको एकमात्र विकल्प बैज्ञानिक समाजवाद रहेको भन्दै उनले यो लडाइँ कसैकाे स्वार्थका लागि नभएको र देश र जनताको लागि सबै जातजाति , भाषाभाषीका आम जनसमुदाय एक भएर संघर्ष गर्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीले कुनै पनि स्वार्थमा जनताको एजेन्डामाथि घात गरेर सम्झौता नगर्ने बरू बलिदान गर्न तयार रहेको उल्लेख गर्दै दलाल संसदीय व्यवस्थाका विरूद्व अन्तिमसम्म संघर्ष गर्ने उद्घोष गरे । कार्यक्रममा झापा, माेरङ, सुनसरी ,इलाम, उदयपुर लगायतका जिल्लाबाट झन्डै ६००० भन्दा बढि नेता कार्यकर्ता तथा शुभचिन्तकहरूकाे उपस्थिति रहेको थियोे । कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली, पार्टी केन्द्रीय सदस्य एवम् भूमिहीन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुन लगायतले मन्तव्य राखेका थिए।