झापा । अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटी चारआलीको आयोजनामा दुई दिने उद्घोषण तथा माइन्युट लेखन तालिम आजबाट सुरु भएको छ । मंसिर २४ र २५ गते क्याम्पसको सभाहलमा आयोजित तालिमको आज एक कार्यक्रमका बीच अनेरास्ववियु केन्द्रय सचिव डम्बर अधिकारीले गरे ।

विद्यार्थी नेता तथा कार्यक्रम संयोजक आशिष् पौडेेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा त्रिदेब क्यापस स्ववियु सभापति लक्ष्मी न्यौपाने , क्यापस प्रमुख माधब प्याकुरेल, १३ नम्बर वडा अध्यक्ष कृष्ण शिक्देललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यार्थी नेता मञ्जु चिमरियाले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रदिप बिष्टले गरेका थिए । कार्यक्रममा झापा जिल्ला अनेरास्वियु सचिब रोसन लामा अनेरास्ववियु नेता बलाराम गिरी , योगेस भन्डारी, नारायन पोख्रेललगायतको उपस्थित थियो ।

दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा सहभागी विद्यार्थीलाई अग्रज पत्रकार सन्तोष आचार्य र सामाजिक अभियान्ता गोविन्द न्यौपानेले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

