देबु बानियाँ
बाहुण्डाँगी । नेपाल जेसीजको २०२२ को नेतृत्वका लागि अध्यक्ष पदमा ६ जनाबिच प्रतिस्पर्धा हुने पक्का भएको छ । पोखरामा बिहिवारबाट सुरु हुन लागेको नेपाल जेसीजको ४८ औँ महाधिवेशनको नयाँ नेतृत्वका लागि अध्यक्षमा ६ जनाबिच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
सोमवारबाट भएको उम्मेदवारी प्रशिश्रणमा यस भन्दा अघि उम्मेदवारी दर्ता गराएका ६ जना नै सहभागि भएपछि एकअर्कामा प्रतिस्पर्धा हुने पक्का भएको हो ।

जेसीजको विधान अनुसार डेढ महिना अघि उम्मेदवारी दर्ता गर्नु पर्ने हुन्छ भने उम्मेदवारी प्रशिश्रणमा अनिवार्य सहभागि हुनु पर्ने हुन्छ । यदि उम्मेदवारी दर्ता गरेर पनि प्रशिश्रणमा सहभागि नभएमा स्वत उम्मेदवारी खारेज हुनेछ
जस अन्तर्गत नोभेम्बर १ तारिखसम्म सािचवालयमा अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । पोखरामा महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । जसमा काभ्रे जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका महासचिव जेसीआई सिनेटर विकास मानन्धर, त्रिभूवननगर जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका निवर्तमान कार्यकारीणी उपाध्यक्ष लालमणी भण्डारी, विराटनगर जेसीजका पूर्व अध्यक्ष तथा २०१९ का कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल (मिलन), गैडाकोट जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका कानुनी सल्लाहकार गोकुल सापकोटा, सौराह जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुषाल र गछिया जेसीजका पूर्व अध्यक्ष तथा २०१९ का कार्यकारीणी उपाध्यक्ष अमिस ढकालबिच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी ४ जना कार्यकारीणी उपाध्यक्षमा पनि ९ जनाबिच प्रतिस्पर्धा हुने पक्का भएको छ । कार्यकारीणी उपाध्यक्षमा पनि सबै उम्मेदवारीको सहभागिता भएपछि ९ जनाको बिच प्रतिस्पर्धा हुनेछ । जसमा ४ जना निर्वाचित हुने प्रावधान छ । जसमा कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिलबहादुर शाही, गीतानगर जेसीजका पूर्व अध्यक्ष अशोक कोइराला, तरहरा जेसीजका निवर्तमान अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुनिल तिम्सिना, धरान जेसीजका निवर्तमान अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला, पाटन लेडी जेसीजकी पूर्व अध्यक्ष सुर्मिता शर्मा, मलङ्वा जेसीजका पूर्व अध्यक्ष अनवर हुसेन, काठमाडौ जेसीजकी पूर्व अध्यक्ष इनु थापा, बालकोट जेसीजकी पूर्व अध्यक्ष रमा प्याकुरेल र भलबारी जेसीजका पूर्व अध्यक्ष गोविन्द पंगेनीबिच प्रतिस्पर्धा हुनेछ । जसमा ४ जना निर्वाचित हुनु पर्नेछ ।
यसैगरी १२ जना उपाध्यक्षका लागि २२ जनाको उम्मेदवारी परेकोमा अब १९ जनाबिच प्रतिस्पर्धा हुनेछ । यस अघि उम्मेदवारी दिएका सैनामैना जेसीजका अर्जुन भण्डारी, व्यासनगर जेसीजका अध्यक्ष लक्ष्मीभक्त खनाल र बस्तीपुर जेसीजका निवर्तमान अध्यक्ष जयराम सुवेदी प्रशिश्रणमा सहभागि नभएपछि उपाध्यक्षको संख्या १९ मा झरेको हो । जसमा १२ जना निर्वाचित हुनेछन् ।
राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिनेहरुमा कृष्ण श्रेष्ठ (शुक्लागण्डगी जेसीज), नरेश ओझा ( महेन्द्रनगर जेसीज), कुमारसिंह सावाँ (सताक्षीधाम जेसीज), राम पाण्डे (कोहोलपुर जेसीज), नेत्र भट्टराई (तुलसीपुरनगर जेसीज), जीवन श्रेष्ठ (ठिमी) जीवन कार्की (रामेछाप जेसीज), योगीराज अधिकारी (चम्पापुर), मुकेश सिंह (विरगञ्ज जेसीज), अभिशेक दुलाल (सीतापाइला जेसीज), हेमराज आचार्य (रत्ननगर जेसीज), सन्दिप अग्रहरी ( रामग्राम जेसीज), प्रदिप फुयाँल (पथरी जेसीज), रश्मि बस्नेत (हेटौडा लेडी जेसीज) मनोजकुमार शाह (जनकपुर जेसीज), विपिन चौधरी ( कलैया सिटी जेसीज), प्रमोद पोखरेल (गोदावरी), राजीव प्रसाई (धुलावारी जेसीज) र सुजित भण्डारी (नगरकोट जेसीज) बिच प्रतिस्पर्धा हुनेछ ।
उम्मेदवार प्रशिश्रणको प्रमुख प्रशिश्रकमा नेपाल जेसीजका पूर्व अध्यक्ष तथा जनकपुर जेसीजका पूर्व अध्यक्ष सुरेन्द्र महतो, सहायक प्रश्रिक्षकमा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष तथा पूर्व महासचिव निशान्त आचार्य र गिनिज रेकर्ड होल्डर (मेमोरी पावर) डाक्टर नवल पञ्जियारले सहजीकरण गरेका छन् ।
३ दिनसम्म चल्ने प्रशिश्रणको उद्घाटन प्रमुख अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले गरेका थिए । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव विकास मानन्धरले गरेका थिए ।

