संघ \संस्था

नेपाल थामी समाज झापाको अध्यक्षमा सञ्जय

मेचीनगर । नेपाल थामी समाज जिल्ला कार्य समिति झापाको अध्यक्षमा सञ्जय थामी चयन भएका छन् । समाजको आइतबार र सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट सञ्जय थामीको नेतृत्वमा १५ सदस्यीय नँया कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा बुद्धि बहादुर थामी, सचिवमा ललित थामी, सह–सचिवमा आकाश थामी र कोषध्याक्ष सलिना थामी चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरुमा सुभाष थामी, जसबहादुर थामी, अशोक थामी र मदन थामीलगायत १५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।

कार्यक्रमको प्रमुख आतिथ्यता संविधान सभा सदस्य रविन कोइरालाको रहेको थियो । कार्यक्रममा मेचिनगर नगरपालिका प्रमुख बिमल आचार्य र नगर उप–प्रमुख मिना उप्रेतीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मेचिनगर ८ का वडाध्यक्ष बिकेन्द्र धिमाल, वडा सदस्यद्वय सन्तोष मेचे र गंगा पाठक, नेपाल आदिवाशी जनजाति महासंघ मेचिनगर अध्यक्ष ओम प्रकाश खापुङ, नेकपा एमाले मेचीनगर–८ का अध्यक्ष बिष्णु भट्टराई, समाजसेवी दशरत खडिया, कुन्दन निरौला, केदार गिरी, मिलन बिश्वकर्मा, नेपाल थामी समाजका केन्द्रीय सदस्य कृष्ण थामी, नेपाल थामी समाज ईलामका सचिव बिष्णु थामी, समाजका सल्लाहकार झलकमान थामी ,राष्ट्रिय थाङमी कलाकार सिखर थामीलगायतको आतिथयता रहेको थियो ।

नेपाल थामी समाज जिल्ला कार्य समिति झापाका अध्यक्ष लाल बहादुर थामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सारिका थामीले गरेकी थिईन् भने सञ्चालन ललित थामीले गरेका थिए ।