राजनीति

विभिन्न पार्टी परित्याग गरि झापामा ७०० बढी राप्रपामा प्रवेश

झापा । विभिन्न पार्टी परित्याग गरि झापामा ठुलो संख्यामा राप्रपामा प्रवेश गरेका छन् । जिल्लामा आयोजित अलगअलग कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका पार्टी परित्याग गरि सात सय जना राप्रपमा प्रवेश गरेका छन्् ।

जिल्लामा राप्रपा प्रवेश गर्नेहरुमा भद्रपुरबाट नेपाली काँग्रेसका अगुवा नेता बिकेन्द्र मेन्याङ्बोसहित विभिन्न पार्टी परित्याग गरि ५२३ जना राप्रपामा प्रवेश गरेका छन् ।

त्यस्तै कचनकवलबाट ३६ जना र बाह्दशीबाट १३७ जना नेपाली काँग्रेस, एमाले, माओवादीलगायतका पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले अबिर र खदा लगाएर स्वागत गरेका थिए ।