मेचीनगर । अनेरास्ववियु मेचीनगरको प्रथम नगर अधिवेशनबाट नगर अध्यक्षमा बिरु मेचे चयन भएका छन । उधोग वाणिज्य संघको सभा हलमा आज सम्पन्न अधिवेशनबाट अध्यक्षमा मेचेलाई चयन गरिएको हो । प्रथम नगर अधिवेशनबाट उपाध्यक्षमा प्रनिशा राउत, रोसन भुजेल, बिक्रम दुलाल र इश्वर रिजाल चयन भएका छन ।
त्यसैगरि, सचिवमा विनिता न्यौपाने र सहसचिबमा सचेत घिमिरे, प्रकाश भण्डारी र अर्पणा गिरि भएका छन । नगर अधिवेशनबाट कोषाध्यक्षको जिम्मा तारा खरेललाई दिएको छ । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ का सहसंयोजक दुर्गा धमलाको प्रमुख आतिथ्यमा रहेको थियो ।
कार्यक्रममा नगरका कार्यापालिका सदस्य टिका मग्ररातीको विषेश आतिथ्यता रहेको थियो भने अनेरास्ववियु झापाका संयोजक संमपर्ण खतिवडा, अनेरास्ववियुका नेता पुकार कार्की, लक्ष्मी न्यौपाने, बलाराम गिरिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्कृति रिजालले गरेकी थिइन भने सभापति अनेरास्ववियुका नगर संयोजक आशिष पौडेलले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी नेता सन्तोष धमलाले गरेका थिए ।

