कला मनोरञ्जन

चर्चा बटुल्दै झापाली चेली रोशा फुयाल,भोट गरिदिन परिवारको आग्रह

झापा । गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् । कलाकारिता क्षेत्रमा झापाका सीताराम कट्टेल (धुर्मुस) हुन् या गायन क्षेत्रका प्रमोद खरेल, प्रविशा अधिकारी नै किन नहुन् सबै नेपालीको जिब्रोमा सँधै झुण्डिरहने नाम हुन् । त्यसो त झापाले अन्य थुप्रै सांगीतिक क्षेत्रमा पनि चम्किला तारा समेत जन्माएको छ ।

भनिन्छ– ‘हर कोहीसँग छुट्टै कला हुन्छ, त्यसको पहिचान गर्न र त्यसमा लगाब हुन आवश्यक छ ।’ पछिल्लो समय स्थानीय तथा राष्ट्रियस्तरमा आयोजना गरिने विभिन्न ‘रियालिटी शो’ का कारण मानिसमा भएका अन्तरनिहीत प्रतिभा पहिचान गर्न सहज भएको छ । अझ बालबालिकाहरुका लागि मात्रै आयोजना गरिने ‘रियालिटी शो’ ले प्रतिभा पहिचानमा थप मद्दत पुगेको छ । त्यसको ज्वलन्त उदाहरण हुन्– नेपालकै ठूलो भनिएको अन्तर्राष्ट्रियस्तरको चर्चित रियालिटी गायन शो सारेगमप लिटिल च्याम्प्स नेपाल र ‘द भोइस किड्स नेपाल’ ।

यस्ता कार्यक्रमले नेपाली संगीत क्षेत्रमा नयाँ तरंग ल्याएको छ । यसले १६ बर्ष मुनिका बालबालिकाको गायन प्रतिभालाई प्रष्फुटन गर्ने मौका प्रदान गर्नुका साथै नेपाली गीत–संगीतको क्षेत्रमा नयाँ नयाँ कलाकार उत्पादनमा सघाउ पु¥याइरहेको छ ।

‘सारेगमप लिटिल च्याम्प्सको धमाकेदार प्रस्तुती दिदैं भोटिङ राउण्ड (टप ९) पुग्न सफल भईसकेकी झापाली चेली रोशा फुयालले अहिले सबैको ध्यान खिचेकी छिन् । सुरिलो स्वरकी धनी झापा मेचीनगर– ८ निवासी फुयालले प्रतियोगिताा सबैभन्दा बढी ब्लकबस्टर प्रफमेन्स दिएसंगै चर्चा एकाएक चुलिएको हो । उपाधि दाबेदार फुयाललाई आफ्नो प्रतिभा संगै अहिले भोटको पनि आवश्यक रहेका हुँदा जिताउन भोट गरिदिन परिवारको आग्रह छ ।

मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको संयोजकत्वमा रोशा जिताऔं अभियान गठन भएको छ । जसमा काँग्रेसका मेचीनगर ८ का सभापति गिरीराज धमला सहसंयोजक र एमाले मेचीनगर ८ का अध्यक्ष बिष्णु भट्टराई सचिव रहनु भएको छ ।

समितिले रोशा फुयललाई प्रथम स्थानसम्म पुर्याउनका लागि मेचीनगरको इटाभट्टा चोकमा अभियानको सम्पर्क केन्द्र समेत स्थापना गरेको छ । जसबाट फुयललाई भोट गर्न आम सर्बसाधारणलाई अपिल गरिनेछ ।

May be an image of 1 person, standing and text that says 'नेपाल र नेपालीको शान रोशा फुयाल जिताउ अभियान কম 5 TO VOTE ROSHA PHUYEL TYPE SGMP <SPACE> 13 SEND IT TO 33001 eSewa khalti fone pay pay मરeवट VISA SARE RE GA MA PA IMEpay LFL CHAMPS 1. MOMO App Download गरी Vote गर्नूहोस NEPAL 2. Website oting.momoappnepal.com visit गरी vote गर्नूहोस 3. मोबाइलको Message Box मा गई SGMP टाइप गरी space) दिनुह्ोस voting code 13 टाइप गरेर 33001 मा पठाउनुहोस। mย mo'”/>

रोशालाई भोट गर्न सोमबार मध्यान्य १२ बजेसम्म मोबाइल मार्फत मेसेज बक्समा गएर SGMP टाइप गरी एक स्पेट छोडेर १३ टाइप गरी ३३००१ मा सेन्ट गर्नु पर्ने हुन्छ । त्यस्तै अनलाईन भोटिङका लागि MOMO भोटिङ एप डाउनलोड गरी एक जनाले एक पटकमा एक हजारसम्मको भोट गर्न सकिनेछ । त्यसैगरी momoappnepal.com बाट पनि भोट गर्न सकिन्छ ।

<footer class=