बाहुण्डाँगी । उदयपुर जेसीजका लागि २०२२ को अध्यक्षम अनुप ढुङ्गाना निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाका ११ औँ शाखा अधिवेशनले ढुङ्गानालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा सुरज शाह, चेतन पोखरेल, उपाध्यक्षहरुमा सम्झना तामाङ, डिबि कटुवाल र एलिसा भट्टराई निर्वाचित भएका शाखाका अध्यक्ष सर्मिला थापा (सबु)ले बताउनु भयो । उहाँका अनुसार अन्य पदमा पदहस्तान्तरण समारोहमा गरिनेछ ।

