संघ \संस्था

विरता लेडी जेसीजको अध्यक्षमा संगिता चिमरिया

बाहुण्डाँगी । बिरता लेडी जेसीज बिर्तामोडको अध्यक्षमा संगिता चिमरिया चयन भएकी छन् । समितिको कार्यकारीणी उपाध्यक्षमा झुमा भट्टराई चुडाल र सुमित्रा बस्नेत भट्टराई चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा सेलिसा उप्रेती, समिरा दाहाल, निशा शाक्य र पुजा खरेल चयन भएका हुन् ।

त्यसै गरी कानूनी सल्लाहाकारमा हिमा पौडेल, महासचिवमा युनिता दवाडी, कोषाध्यक्षमा संगिता गिरी, सहसचिवमा अर्चना राउत, जनसम्पर्क अधिकारीमा दीपा सिवाकोटी, तालिम संयोजकमा श्रेयसी चौधरी र शाखा सम्पादकमा लानिमाया तामाङ मनोनित गरिएको निर्वतमान अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् ।