संघ \संस्था

‘हरेक युवालाई सक्षम बनाउने अभियान हुनेछ ’–राष्ट्रिय अध्यक्ष लालमणी भण्डारी

बाहुण्डाँगी । जेसीआई सिनेटर लालमणी भण्डारीले हरेक युवाहरुलाई सक्षम र सवल बनाउने अभियानमा रहेको बताउनु भयो ।
मंगलवार चारआली जेसीजको ८ औँ पद हस्तान्रणलाई उघाटन गर्दै अध्यक्ष भण्डारीले २०२२ मा जेसीजमा आबद्ध युवाहरुलाई व्यवसायिक बनाउदै आन्त्मानिर्भरका साथ सक्षम र सबल बनाउने अभियान रहेको बताउन भयो । ‘हामी युवा केन्द्रित व्यवसायमा प्रमोशन हुन कार्यक्रम गर्नेछौँ अध्यक्ष भण्डारीले भन्नु भयो–‘जे जेसीज अभियानमा आउँछ उसले कुनै न कुनै व्यवसायलाई आत्मासाथ गर्दै आफुँसँगै परिवारका लागि काम गर्न सक्ने होस भन्ने हो ।’ अध्यक्ष भण्डारीले जेसीजमा लागेर जेसीज आस्थालाई आत्मासाथ गर्न सकेन भने उसले उपलब्धी वगर्न नसक्ने बताउनु भयो । तपाई जेसीजका हरेक आस्थालाई हेर्नुहोस – उहाँले भन्नु भयो यदि तपाईले यसलाई पालना गर्न सक्नु भएन भने यसको कुनै अर्थ हुनेछैन ।तयसैले आस्थालाई आत्मासाथ गरेर अघि बढ्नुहोस । अध्यक्ष भण्डारीले २०२२ को सुरुवात देखि तालिमहरु सञ्चालन हुने भएकाले सहभागिताका लागि सबैलाई आग्रह गर्नु भयो ।


बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिजेसीजमा आबद्ध हरेक युवाहरुलाई
चारआली जेसीज वर्ष २०२१ का अध्यक्ष सन्तोष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारी रहेका थिए ।

पद हस्तान्तरण समारोहमा जेसीजले विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । त्यस्तै जेसिज अफ द इअर महासचिव विरबहादुर बेघा, उत्कृष्ट कोडिनेटर विवेक सुन्दास र बेष्ट लोम अफिसर अवार्डबाट भुपेन्द्र प्याकुरेललाई सम्मानित गरिएको छ ।

सो अवसरमा चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तम पकुवालले आफना हजुरबुबा तिर्थराज पकुवालको सम्झनामा स्थापित अक्षय कोषबाट बाल सुबोधनी माध्यमिक विद्यालय ढुहागढीका प्रधानाध्यापक विश्व थापालाई नगदसहित सम्मानित गरिएको थियो ।

त्यसैगरी चारआली जेसिज वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाले स्थापना गरेको विष्णुलाल मन्दना अक्षय कोष सहयोग क्यान्सर पिडीत राजकुमार विश्वकर्मालाई प्रदान गरिएको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष भण्डारी, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा मातृ शाखा धुलावी जेसीजका अध्यक्ष राजीव प्रसाईं, नेपाल जेसिजका क्षेत्र ‘क’ का निरुपति राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवा, चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, राष्टिय महासचिव कृष्ण सापकोटा, राष्टिय अध्यक्षका मुख्य प्रेस सल्लाहकार हरिष भट्टा, लगायतले आ–आफना धारणा राखेका थिए ।
उक्त अवसरमा वर्ष २०२२ को लागि विरबहादुर बेघाको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ ।

बेघाले महासचिवमा सुजुप सुवेदी, कोषाध्यक्षमा कुमार तामाङ, कानुनी सल्लाहकारमा संगित शिवाकोटी, जनसम्पर्क अधिकारीमा सञ्जय निरौला, सह–कोषाध्यक्षमा सन्देश न्यौपाने, सचिवमा शिक्षा घिमिरे र तालिम निर्देशकमा भुपेन्द्र प्याकुरेललाई मनोनित गरेका छन् ।

कार्यक्रम संयोजक सुजुप सुवेदीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन २०२१ का महासचिव विरबहादुर बेघाले गरेका थिए ।