संघ \संस्था

चारआली जेसीजको ओमिक्रोन भाइरस विरुद्ध जनचेतना मूलक कार्यक्रम

बाहुण्डाँगी । चारआली जेसिजले कोभिड १९ तथा ओमिक्रोन भाइरसविरुद्ध आज जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।

जेसिजले कोभिड(१९ तथा ओमिक्रोन भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरेर मेचीनगर नगरपलिका वडा नं।१३ चारआलीमा निःशुल्क माक्स वितरण गरेको हो ।


चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, प्रहरी हबलदार मनिष ढुङ्गेल, चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवाल, वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौला, त्रिदेव बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद घिमिरे, यातायात व्यवसायी देविप्रसाद भट्टराई, ट्राफिक प्रहरी, जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । चारआली जेसिजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक नेत्रप्रसाद मिश्रले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।